मकवानपुर बहुमुखी क्याम्पस बैशाख महिनाभर बन्द

टुडे संवादाता
२०७८ बैशाख ८, बुधबार ११:३८ गते

हेटौंडा/मकवानपुर बहुमुखी क्याम्पसले बैशाख महिनाभर पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

बुधवार (आज) एक सूचना जारी गर्दै कोरोनाको दोस्रो लहर अन्तर्गत नेपाल सरकारले देशका मुख्य शहरमा शैक्षिक संस्थामा पठनपाठन बन्द गर्न गरेको निर्णय अनुरुप नै क्याम्पस बन्द गरेको उल्लेख गरेको छ ।

त्यसैगरी क्याम्पसले छात्रवृत्तिको परीक्षा तथा त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा भने यथावत रुपमा संचालन हुने र आइतबारबाट अनलाइन कक्षा सञ्चालन हुने जनाएको छ ।

हेर्नुहोस सुचना 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*