बागमती प्रदेश प्रहरी कार्यालयमा लामाको एक वर्ष सार्वजनिक गरे कार्यविवरण

हेटौंडा टुडे
१० बैशाख २०७८, शुक्रबार १२:५१

हेटौंडा / बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार हेटोंडामा भएको छ ।

आज शुक्रबार पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले प्रदेश प्रहरी कार्यालय हेटौंडाले एक बर्षको अवधिमा गरेका कामहरु सार्वजनिक गरेका छन । प्रहरी नायब महानिरीक्षक लामाले आफुले प्रदेश प्रहरी कार्यालय हेटौंडाको कमान्ड सम्हालेपछि सम्पन्न गरेका कार्यहरुको जानकारी गराएका हुन ।

उनले प्रदेश प्रहरीको कमान्ड सम्हालेपछी संगठन शुद्धिकरणलाई प्राथमिकताका साथ अघि बढाएको बताए । नागरिक लाई सहज सेवा दिने प्रहरी आफू ईमान्दार हुनुपर्ने भन्दै गलत काम गर्ने प्रहरीलाई कार्वाही गर्ने देखि उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत समेत गरिएको उनले बताए ।

प्रदेश प्रहरीको कामलाई प्रभावकारी बनाउन मातहतका कार्यालयहरु संङ्ग कार्यसम्पादन करार सम्झौता गरेर काम आघी बढाईएको नायब महानिरीक्षक लामाको भनाई छ । यस्तै प्रदेश प्रहरी कार्यालयले अपराध न्यूनीकरण ,लागुऔषध नियन्त्र लागाएतका क्षेत्रमा उत्कृष्ट काम गर्न सफल भएको प्रदेश प्रहरी कार्यलय हेटौंडाले जनाएको छ । २०७७ बैशाख १० गते प्रदेश प्रहरी कार्यालय हेटौंडाको कमान्ड सम्हालेका लामाको आज एक बर्ष अवधी पूरा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*