बागमती प्रदेशको मन्त्रीपरिषद् विस्तार,नयाँ मन्त्रीहरुको सपथ आज ४ बजे

टुडे संवादाता
१५ बैशाख २०७८, बुधबार ११:२५

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नेकपा विभाजन भएपछि प्रदेश सरकारका तिन मन्त्रीले राजिनामा दिएका थिए । तिन मन्त्रीले राजिनामा दिएपछि मुख्यमन्त्री डोरमणी पौडेलले रिक्त रहेका तिन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । मुख्यमन्त्री पौडेलले बागमती प्रदेशको रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री र राज्यमन्त्री समेत थप गर्नु भएको हो ।

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै अपरान्ह ४ बजे हुने भएको छ । नयाँ मन्त्रीहरुको नाम भने अझै पनि मुख्यमन्त्री कार्यालयले खुलाएको छैन । दिउसो ४ बजेका लागि सपथग्रहण गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा समय मिलाइएको छ । नयाँ मन्त्रीहरुको सपथ ग्रहण प्रदेश प्रमुखको कार्यालयमा हुने बताईएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*