३४ किलो लागुऔषध गाँजा र सुमो सहित एक जना पक्राउ

हेटौंडा टुडे
१६ बैशाख २०७८, बिहीबार १५:३५

हेटौंडा /  जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३४ किलो लागुऔषध गाँजा र सुमो सहित  एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा जिल्ला बिन्दावासिनी गाउाँपालिका वडा नंम्बर ३ बस्ने २९ वर्षिय रबिन्द्र उपाध्याय रहेका छन् ।

बुधबार दिउँसो पालुङग तर्फ बाट भैसे तर्फ आउदैं गरेको ना १ ज ४७३३ नंम्बरको टाटा सुमोमा लागुऔषध गाँजा लुकाई छिपाई ल्याउँदै गरेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी चेकीङ टोलीले भिमफेदी गाँउपालिका वडा नंम्बर २ स्थित सडकखण्डमा सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा सुमो नरोकी तिव्र गतिमा भागेको थियो ।

प्रहरी टोलीले उक्त सुमोको पिछा गर्दा भिमफेदी गाँउपालिका वडा नंम्बर १ सुन्दरीमाई स्थित राप्तीखोलाको बगरमा फेला पारी सुमो रोकी चेकजाँच गर्दा उक्त सुमोमा लुकाई छिपाई ल्याएको ६ वटा पोकामा ३४ किलो लागुऔषध गाँजा फेला पारेको हो । लागूऔषध , सुमो सहित चालक रबिन्द्र उपाध्यायलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*