आज राति देखि बैशाख ३१ गते सम्म हेटौंडामा निषेधाज्ञा

हेटौडा टुडे
१९ बैशाख २०७८, आईतवार ०७:४१

हेटौंडा।  हेटौंडामा जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

शनिबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आइतबार आज राति १२ बजेदेखि बैसाख ३१ गते रातिसम्म लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको पुर्व पच्चिम राजमार्गको ५०० मिटर दाया-बाया निषेधाज्ञा गर्ने  निर्णय भएको हो ।

कोभिड १९ का बिरामी जिल्लामा ५ सय नाघेपछि कोरोना नियन्त्रणका लागि प्रशासनले निषेधाज्ञा गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले आज गरेको निर्णयहरु यस्ता छन् ।

१. औषधी उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जान बाहेक कुनै पनि व्यक्तिहरू घर बाहिर निस्कन र हिँडडुल गर्न नपाइने ।

२. अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसल विहान ५:०० बजेदेखि बिहान ९:०० वजेसम्म मात्र खोल्न पाइने, औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कसप नियमित सञ्चालन गर्नपर्ने । अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने ।

३. एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने टयाइर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी, औद्योगिक कच्चापदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सधारकामी, दूरसवार, विद्यत इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक (मोटरसाइकल समेत) र अन्य दुवानीका सवारी साधनहरू सञ्चालन गर्न नपाइने ।

४. सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकिङ तथा वित्तिय क्षेत्र एवं अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा र समाचार संकलन/सम्प्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरूको हकमा पहिचान खुल्ने फोटो सहितको परिचयपत्रका आधारमा आवत जावत गर्न दिइने ।

५. अन्य जिल्लाबाट आएका पूर्व-पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू यस जिल्लामा नरोकिने गरी आवत जावत गर्न पाइने ।

६. अत्यावश्यक सरकारी सेवाहरू एक तिहाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीबाट सञ्चालन गर्ने ।

७. बैंक, वित्तिय संस्था तथा सहकारीबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी आलोपालो विधिवाट विहान ९:०० बजेदेखि दिनको ४:०० बजेसम्म मात्र सञ्चालन गर्ने । तर, सबै बैंक तथा वित्तिय संस्थाहरूले आ-आफ्ना ATM तथा विद्युतीय सेवाहरू २४ सै घण्टा सुचारू राख्नुपर्ने ।

८. मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा बन्द गर्ने । धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने । तर, विवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पन्न गर्न सकिने ।

९. विवाहका लागि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ वा अन्तर जिल्ला जानुपर्ने भएमा दुईवटासम्म सवारी साधनमा १५ जनासम्म मात्र जान सकिने ।

१०. औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी उद्योग परिसरभिन्न बा निश्चित स्थानमा राखी बाहिर आवत जावत नहुने सुनिश्चितता गरी उधोग सचालन गर्न सकिने ।

११ विकास आयोजना तथा निर्माण कार्य संचालन गर्दा आयोजनास्थल वा निर्माणस्थलमा नै कामदार तथा कर्मचारी रहने व्यवस्था मिलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी, गराई निर्माण कार्य संचालन गर्न सकिने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*