
हेटौंडा । मकवानपुरगढि गाउँपालिकाको बजेट कार्यान्वयनमा मनोमानी गरिएको भन्दै नेपाली काङ्ग्रेस मकवानपुरगढी गाउँपालिकाले यथार्थ खर्च सार्वजनिक गर्न माग गरेको छ । आज एक बिज्ञप्ति गाउँपालिकाका सुचना अधिकारी मार्फत हस्तान्तरण गर्दै नेपाली काङ्ग्रेस मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकाको यथार्थ खर्चको बिवरण सार्वजनिक गर्न माग गरेको हो । गाउँपालिकाको २०७७र०७८ को बजेट कार्यान्वयन तथा स्रोत परिचालन एकलौटी ढङ्गले गरिएको र नदिजन्य पदार्थ उत्खननमा अनियमितता भएको भन्दै बजेट कार्यान्वयनको आधार पुष्टि गर्न गाउँपालिका सङ्ग नेपाली काङ्ग्रेस गाउँपालिका कमिटीले माग गरेको छ ।
यो हो नेपाली काङ्ग्रेस मकवानपुरगढी गाउँपालीकाको बिज्ञप्ति ।


सेयर गर्नुहोस्