हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु , अस्पतालमा आज मात्रै २ संक्रमितको मृत्यु

टुडे संवादाता
२१ बैशाख २०७८, मंगलवार १५:५९

हेटौंडा/हेटौंडा अस्पतालमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । योसँगै मंगलवार (आज)मात्रै मृत्यु हुनेको संख्या २ पुगेको छ ।

मृत्यु हुनेमा बारा अमलेखगन्जका ५९ वर्षीय एक पुरुष रहेको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले बताएका छन् ।पुरुषको कोरोना पुष्टि भएर अस्पतालमा उपचारका क्रममा मृत्युु भएको छ ।

यो सँगै हेटौंडा अस्पतालमा संक्रमित ५ जनाको मृत्यु भएको छ ।यसअघि, हेटौंडाका ५५ बर्षीय पुरुष र बारा अमलेखगन्जका ४६ बर्षीय एक पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिला र हेटौंडा-६ की ४१ बर्षीय एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*