उम्मेदवारी दर्ताका लागि हेटौंडा आइपुगे बादल

टुडे संवादाता
२४ बैशाख २०७८, शुक्रबार १२:२८

नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ उम्मेदवारी दर्ता गर्न हेटौंडा आईपुगेका छन् शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठक सकिए लगतै बादल उम्मेदवारी दर्ताका लागि हेटौंडा आइपुगेका हुन् । उनि हवाइमार्गबाट भर्खरै हेटौंडा आइपुगेका छन् । केही बेरमा उनले उम्मेदवारी दर्ता गर्ने तयारी रहेको छ ।

विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टी) का उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराईसकेका छन् । अब यो पदमा बादल र देवकोटाको प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*