हेटौंडा/कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दिनानुदिन तिब्र गतिमा फैलदै गएपछि मकवानपुरगढी गाउँपालिकामा जनप्रतिधिले प्रयोग गर्दै आएको सवारी साधन कारोना संक्रमित बिरामी ओसार्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ ।
गाउँपालिकाले आईतवार (आज) एक सूचना जारी गर्दै मकवानपुरगढी स्वास्थ्य चौकी वडा नम्बर २ शिखरकटेरीको एम्बुलेन्सको अतिरिक्त जनप्रतिनिधिले प्रयोग गर्दै आएको बा १ झ ९२०४ नम्बरको सरकारी सवारी साधन गरी २ ओटा सवारी साधन कोभिडका विरामी ओसार्ने एम्बुलेन्सको रुपमा प्रयोग गरिने उक्त सूचनामा उल्लेख गरीएको छ ।
हेर्नुहोस सुचना,
सेयर गर्नुहोस्