केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त

टुडे संवादाता
३१ बैशाख २०७८, शुक्रबार १२:३७

काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको नेकपा एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकि हुन । संविधानको धारा १०० को उपधारा १ अनुसार प्रतिनिधि सभामा विश्वासको मतका लागि गत वैशाख २७ गते राखेको प्रस्ताव पारित हुन नसकेपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका  थिए।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई तीन दिनभित्र दिएको समयसीमामा कसैको पनि दाबी नपरेपछि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेता ओली प्रधानमन्त्री  भएका हुन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले संविधानअनुसार एक महिनाभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ शुक्रबारका लागि तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*