
हेटौंडा / हेटौंडा अस्पतालमा कोरोना संङक्रमितको उपचारकालागी आवश्यक थप एक सय सिलिण्डर अक्सिजन शनिबार दिउँसो आइपुगेको छ ।
अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई आवश्यक अक्सिजन अभाव भएपछि अस्पताल व्यवस्थापन समितिले शुक्रबार कोरोना संक्रमितको उपचार गर्न समस्या भएको भन्दै माफी मागेको थियो ।
शनिबार दिउँसो पर्साको परवानिपुरबाट ५० सिलिण्डर काभ्रेबाट २० सिलिण्डर र नेपाली सेनाबाट ३० सिलिण्डर गरी एक सय वटा सिलिण्डर अक्सिजन प्राप्त हेटौंडा अस्पताल ल्याईइको हो । अस्पतालका अनुसार अहिले अस्पतालमा एक सय २७ सिलिण्डर अक्सिजन मौज्दात रहेको छ ।
अस्पतालमा मौज्दात रहेको अक्सिजन आईतबार बिहान सम्म पुग्ने बताईएको छ । भने शनिबार राती सम्म थप १ सय ४० सिलिण्डर अक्सिजन अस्पतालमा आईपुग्ने हेटौंडा अस्पतालले जनाएको छ ।


सेयर गर्नुहोस्