
हेटौंडा । मकवानपुरमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षीय पुरुष रहेका छन् ।
आज विहान करिब ३ बजे हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको पालिकाको स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेलले बताए ।
बकैयामा पहिलोपटक कोरोनाबाट मृत्यु भएको हो । बकैयामा हाल १२ जना संकृय संक्रमित रहेका र सबैको अवस्था सामान्य रहेको स्वास्थ्य प्याकुरेलले बताए ।


सेयर गर्नुहोस्