
हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरु माथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको छ । राणाले यो मुद्दाको पेशी आफ्नै इजलासमा तोक्नु भएको हो ।
बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली सहितले दायर गर्नुभएको रिट निवेदन माथि आज सुनुवाई हुँदैछ । प्रधानमन्त्रीले गत वैशाख ३१ गते सपथ ग्रहण गर्ने क्रममा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द छुटाएको र त्यो पर्दैन भनेको विषय संविधानको वर्खिलाप रहेको भन्दै सपथ बदर गर्न विभिन्न सातवटा रिट परेका छन् ।


सेयर गर्नुहोस्