पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ९८९ जनाले जिते कोरोना

टुडे संवादाता
५ जेष्ठ २०७८, बुधबार १६:५९

हेटौंडा/पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ९८९ जना कोरोना भाइरस (कोभिड १९) बाट संक्रमण मुक्त भएका छन् ।

देशभरका संस्थागत तथा होम आइसोलेसनमा रहेका ७ हजार ९८९ जना संक्रमितहरु संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ हaजार १७३ जना संक्रमित थपिएका छन्।

देशभरका विभिन्न ठाउँमा गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा थप ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो। पीसीआर परीक्षणबाट ८ हजार ६४ र एन्टिजेन परीक्षणबाट १०९ जनामा संक्रमण पुष्टि भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*