अब सरकारले देशभरका यि ३० निजी अस्पतालबाट कोभिडको उपचार निःशुल्क गर्ने

हेटौडा टुडे
५ जेष्ठ २०७८, बुधबार १९:४१

हेटौंडा । सरकारले ३० वटा निजी अस्पताल र मेडिकल कलेजबाट निःशुल्क कोभिड उपचार गर्ने भएको छ । सातै प्रदेशका कोभिड संक्रमितले निःशुल्क उपचार पाउने गरि सरकारले अस्पताल तथा मेडिकल कलेजसँग सम्झौता गरेको मन्त्रालयका सह–प्रवक्ता समीर कुमार अधिकारीले जनाकारी दिनुभयो ।

सम्झौता अनुसार वागमती प्रदेशमा १६ निजी अस्पतालसँग सम्झौता भएको छ । जसअन्तर्गत सिभिल हस्पिटल, चितवन मेडिकल कलेज, विपी कोइराला क्यान्सर हस्पिटल, मनिपाल कलेज पोखरा लगायतका रहेका छन् ।  यस्तै  प्रदेश नम्बर १ मा नोवेल मेडिकल कलेज विराटनगर तथा प्रदेश २ मा नेशनल मेडिकल कलेज विरगंज र जानकी मेडिकल कलेज जनकपुरले सेवा दिने भएका छन् ।

यस्तै गण्डकी र लुम्विनी कलेजमा समान २ बटा अस्पतालबाट सेवा दिइने भएको छ । सुदुरपश्चिमका ६ वटा निजी अस्पतालहरूले निःशुल्क सेवा दिन सरकारसँग सम्झौता गरेका छन् ।मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरूले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*