राष्ट्रियसभा उपनिर्वाचनको मतदान सकियो

हेटौंडा टुडे
६ जेष्ठ २०७८, बिहीबार १५:५४

हेटौंडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान आज हेटौंडामा सम्पन्न भएको छ । । हेटौंडा ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान दिउँसो ३ बजे मतदान सकिएको हो । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । कुल ३ सय ४७ मतदातामध्ये ३ सय ३८ जनाले मात्र मतदान गरेका छन् ।

४८ मतभार रहेको प्रदेशसभातर्फ एक सय ५ जना सांसदले मतदान गरे । एक सय ९ जना सांसदमध्ये ३ जना बिवेकशील साझाका सांसद र अर्का एक जना सांसद मतदानमा सहभागी भएनन् । विवेकशील साझा पार्टीका सांसदले घोषित रुपमै मतदान नगर्ने जनाएका थिए । यस्तै यस्तै १८ मतभार रहेका २ सय ३३ जना स्थानीय तहका प्रमुख÷उमप्रमुख मतदानमा सहभागी भए । २ सय ३८ जना मतदाता रहेकोमा ५ जना मतदानमा सहभागी भएनन् ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा ३ जनाको उम्मेदवारी रहेको छ । एमालेका तर्फबाट रामबहादुर थापा ९बादल०, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र एमालेको माधव नेपाल पक्षको समर्थनमा एमालेकै माधव नेपाल पक्षका डा। खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् । त्यसैगरी नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का कृष्णबहादुर तामाङ पनि उपनिर्वाचनमा उम्मेदवार छन् । निर्वाचन परिणाम आजै साँझसम्ममा आइपुग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*