खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी

हेटौडा टुडे
६ जेष्ठ २०७८, बिहीबार १७:४५

हेटौंडामा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा डाक्टर खिमलाल देबकोटा बिजयी हुनु भएको छ । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए ।
निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
आज विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ३८ मत खसेको थियो ।
वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए । त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*