
हेटौँडा/पछिल्लो २४ घण्टामा हेटौँडा अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको आइसियु तथा भेन्टिलेटर कक्षमा उपचाररत ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा। सागर काफ्लेले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ का ४३ बर्षीय पुरुष, हेटौँडा–४ थाहाचोककी ६० बर्षीया महिला र हेटौँडा–५ का ८५ बर्षीय पुरुष रहेका छन् ।
मृतक तीनै जना जेठ १ गते यता कोरोना पुष्टि भएका र स्वासप्रस्वासमा समस्या भएका कारण हेटौँडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना भएका थिए ।


सेयर गर्नुहोस्