
हेटौंडा । प्रधानमन्त्री केपि शर्मा ओलि र रास्ट्रपति बिध्या देवि भण्डारी ले गरेको असबैधानिक कदम बिरुद्द नेपाल तरुण दल हेटौंडा नगर समिती एबम वाइ सि एल मकवानपुर ले प्रधानमन्त्री र रास्ट्रपति को पुत्ला दहन गरेको हो । हेटौंडा उपमहानगर पालिका ४ सितल महल चोक मा युबा हरुले पुत्ला जलाएका हुन । देश कोरना महामारिमा थलिएको बेला प्रधानमन्त्री र रास्ट्रपतिले जनताको हित बिपरित काम गरेको जनताको समस्या बेवस्ता गरेको भन्दै युबाहरु ले नारा जुलुस सहित प्रधानमन्त्री र रास्ट्रपति को पुत्लादहन गरेको हो ।
तरुणदल नगर सभापती सुनिल गिरि सहितका युबाहरु को सक्रियतामा पुत्ला जलाइएको थियो । पुत्ला दहन कार्यक्रममा वाइ सि एल मकवानपुरका लबराज ठकुरी अबिरल गजुरेल सहित युबाहरुको सहभागिता रहेको थियो । प्रधानमन्त्री के पि शर्मा ओलि मुर्दाबाद प्रधानमन्त्री राजिनामा दे जस्ता नारा लगाउदै युबा हरुले प्रधानमन्त्री र रास्ट्रपति को पुत्ला जलाएका थिए । पुत्ला दहन कार्यक्रममा नेपाल तरुण दल नगर उपाध्यक्ष भुपेन्द्र अधिकारी सन्जय पाठक तरुण ५ नम्बर अध्यक्ष रबि थापा तरुण नगर सचिब हेमन्त थापा तरुण जिल्ला सदस्य बिक्रम खड्गी लगाएत को सहभागिता थियो । तरुण दल नगर समिती एबम वाइ सि एल मकवानपुले सयुक्त रुपमा कार्यक्रम गरेको हो । कार्यक्रम मा तरुण नगर सभापती सुनिल गिरिले के पि ओलि नसचिए तरुण र वाइ सि एल ले आन्दोल्न मार्फत ठेगान लगाउने बताउनु भएको हो

