हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय स्थापना भएको कोभिड हेल्प डेस्क मकवानपुरले अक्सिजन सिलिण्डर वितरण शुरु गरेको छ ।
आइतबारसम्म ११ थान अक्सिजन सिलिण्डर निः शुल्क वितरण गरिएको हो । ३ थान अक्सिजन मनहरी, एक थान बस्तिपुर, ५ थान बकैया, एक थान कर्रा र एक थान कान्तिराजपथमा रहेका बिरामीहरुको लािग पठाइएको सचिवालय संयोजक कृष्ण कुमार गुप्ताले जानकारी गराएका छन् ।
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले आइतबार पनि संक्रमितको मनोबल उठाउने, आवश्यक्ता पर्दा फोन सम्पर्क गर्न आग्रह गर्दै रयथोथिच सहयोग गर्ने आश्वासनको लागि संक्रमितको घरमै गई स्वास्थ्य वर्दक च्यावनप्रास तथा मेडिकल माक्स वितरण गरिएको थियो । हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताको नेतृत्वमा गएको टोलीमा हेल्प डेस्कका सदस्यहरु सरोज खनाल, बद्री प्रसाद चौलागाई, शंकरलाल श्रेष्ठ, रामकुमार एलन, मउवासंघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, सिनियर अहेब प्रविन पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्रका राम विष्ट र प्रहरी जवान लिला गुरौलगायतको सहभागिता रहेको थियो ।
मारवाडी एशोसिएसन मकवानपुरले कोभिड हेल्प डेस्क मकवानपुरलाई आइतबार कोभिड विरुद्धमा सघाउने सामानहरु उपलब्ध गराएका थिए । जसअन्तर्गत ५० थान फेस सिल्ड, ७ थान पुन प्रयोग हुने पिपिईर १० लिटर सेनिटाइजर सहयोग रहेको थियो । साथै १० थान सिलिण्डर अक्सिजन पराजुलीबाट सहयोग प्राप्त भएको छ । त्यसैगरी शनिबार ५५ जना कोभिड संक्रमितहरुलाई फोन सम्पर्क मार्फत उनीहरुको अवस्था बुझ्ने र समस्या परेमा सम्पर्क गर्न आग्रह गरिएको छ । अनमी दिव्या बस्नेत पोखरेल र सिनियर अहेब प्रविन पुडासैनीबाट फोन सम्पर्क मार्फत अवस्था बुझ्ने र परामर्श दिने कार्य गरिएको छ ।





















