हेटौंडा । मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरे आफ्ना वडाका बिभिन्न बिकास निर्माणका गतिबिधिहरुमा आफै फिल्डमा पुगेर लागि पर्ने गर्नु भएको छ । मनै देखी लागि पर्दा कुुनैपनि बिकाश निर्माण कार्य असम्भव नहुुने मान्यताका साथ वडा नम्बर ३ ले आफ्नो बिकाश निर्माण कार्यलाई गति दिईरहेको वडा अध्यक्षको भनाई छ ।
गत बैशाख १२ गतेबाट सुरु गरिएको सडक निर्माण कार्य लाई निरन्तर्ता दिदै सुरु गरिएको स्याल्ब ढलान निर्माण कार्यको लागि वडा अध्यक्ष घिमिरे साबेल, चादे,कोदालो, बोकेर आफै फिल्डमा खटिएका हुन । हेटौंडा पिप्ले मक्रान्चिली गढि गाउपालिका सडक खन्ड अन्तर्गत भानु मिनि पिच देखि मकवानपुरगढी गाउँपालिका नजिकै सम्म एक हजार बतिस मिटर सम्मको भुभागमा ढलान भईरहेको ठाउमा वडा अध्यक्ष आफै हरेक दिन जसो फिल्मै देखिएका थिय ।
हुन त बिकास प्रेमी वडा अध्यक्षको रुपमा परिचित वडा अध्यक्ष घिमिरे मकवानपुर गाढी गाउँपालिकाको को अरु वडा भन्दा आफ्नो वडामा बिकास निर्माणका कार्य बढी भएको दाबी गर्नु हुन्छ । आफ्नो वडाको सबै भागमा भईरहेको बिकास निर्माण कार्यमा आफू प्रत्यक्ष पुगि अनुगमन गरेको वडा बासी बताउछन ।
वडावासी लाई साथमा लिएर काम गरेकाले वडाले बिकासमा बिविध सफलता पाईरहेको पनि वडा अध्यक्ष घिमिरे बताउछन । बिकास निमार्णमा पनि दिगो बिकास अन्य वडाको तुलनामा आफ्नो धेरै भएको र स्थानियबासिन्दाको पनि साथ र सहयोग उतिकै रहेको उनको भनाई छ ।
आफनो वडामा सडक निमार्ण कार्य तिब रुपमा चलिरहेको बताउदै तुरुन्ते मोरङ्गमो करिब उन्नाईस लाखको स्याल्ब ढलान र मन्क्रानडांडामा करिब तेह्र लाखको काम हुन लागको घिमिरेले जानकारि दिनु भयो । यो संगै आफ्नो वडाका सबै भुभागमा सडक पुगिसकेको संगै सडक पगेको धेरै ठाउमा स्याल्ब ढलान भईसकेको र नया मोटरबाटो गोरेटो निमार्ण भएको ठाउमा कतै ग्राबेल भईसकेको र नभएको ठाउमा पनि ग्राबेल लगतै बजेट रहेको र काम हुने वडा अध्यक्ष घिमिरे जानकारि दिनुभयो