वडा अध्यक्ष सहितका टोलि कान्तिलोकपथ मर्मतमा जुटे

हेटौंडा टुडे
१२ जेष्ठ २०७८, बुधबार २१:३७

हेटौंडा । कान्तिलोकप थमा रहेको हेटौंडा ६ कृष्णनगर स्थित डुबानको समस्या समाधानका लागि सडक मर्मतको काम शुरू भएको छ । वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंको पहलमा मंगलबार बसेको बैठकमा कान्तिलोकपथ आयोजनाले कृष्णनगरस्थित डुबानको समस्या समाधान गर्ने प्रतिबद्ध्ता जनाएको थियो ।प्रतिबद्धता अनुसार आजै खाल्डा खुल्डी सम्याएर ग्राभेल गर्ने काम शुरू भएको छ ।

बुधबार अपरान्हबाट काम शुएको थियो र वडा अध्यक्ष चौलागाईं र वडा सदस्य राजकुमार बास्तोला आफै फिल्डमा खटिएका थिए । मंगलबारको बैठकमा तत्कालका लागि कृष्णनगर गुठी कल्भर्टको जमिन सतह हेरि पानी निकासको उपाय गर्ने र दुर्घटना न्यूनीकरणका लागि खाल्डाखुल्डीमा बुधबार ग्राभेल हाल्ने सहमति भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*