
हेटौंडा / गणतन्त्र दिवसको अवसर पारी हेटौंडा लेडि जेसिजको आयोजनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा हस्पिटलमा उपचाररत बिरामी र स्वास्थ्य कर्मिहरुक लागि फलफुल तथा जुस वितरण गरिएको छ ।
हेटौंडा अस्पतालमा कोभिड १९ का बिरामीहरुको लागि आवश्यक पर्ने फलफूल हेटौंडा जेसिजले आज गणतन्त्र दिवसको अवसर पारी ९० थान फलफुल र जुस वितरण गरेको हो। अलिशा भेजिटेबल सप्लायर्स बाट ३० हजार बराबर को फलफुल र राजेन्द्र लामिछाने ले ३ कार्टुन जुस सहयोग गरीएको हेटौंडा लेडि जेसिजकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनु भयो।
जेसी जयन्ति श्रेष्ठ को संयोजकत्व मा भएको उप्त कार्यक्रममा जेसी आई हेटौडा लेडीको अध्यक्ष जेसी प्रतिमा श्रेष्ठ ,पूर्व अध्यक्ष जेसी रश्मि बस्नेत ,जेसिज सदस्य हरु, प्रतिस्ठान का सदस्य हरु उत्सव चौलागाई,हिरा वाइवा,सुपेन्द्र कार्की,को उपस्थिति रहेको थियो।

