
हेटौंडा । शनिबार मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा सुरु गरेको कोभिड हेल्प डेस्कले नेपाल पत्रकार महासंघ मकवानपुरलाई पनि शनिबार सहयोग गरेको छ ।
हेल्प डेस्कले ५० थान फेस सिल्ड र १०० जोर मेडिकल ग्लोब्स प्रदान गरेको हो। सहयोग हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, भुवनलाल श्रेष्ठ, बद्रि प्रसाद चौलागाई, बासु खतिवडा, शंकरलाल श्रेष्ठ, गायतको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्