आईतबार मकवानपुरमा ४९ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
१६ जेष्ठ २०७८, आईतवार १४:०६

हेटौंडा। मकवानपुरमा आईतबार आज थप ४९ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ ।  पुष्टि हुनेमा २७ महिला, २२ पूरुष रहेका छन । जेठ १५ र १६ गते संकलित ९३ जनाको स्वाब परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

कोरोना पुष्टि हुनेहरु जिल्ला बाहिरको २ जना , ठेगाना नखुलेको ३ जना र मनहरि गांउपालिकाको २ जना र बाकि हेउनपामा संक्रमण पुष्टि भएको चौलागाईले बताएका छन् । सक्रमित मध्ये ३ जना जेष्ठ नागरिक र ५ जना संक्रमित रहेको बालबालिका रहेको पनी चौलागाईले बताएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*