शोक प्रस्ताव पारित गरेर बागमती प्रदेश सभाको बैठक स्थगित

टुडे संवादाता
१६ जेष्ठ २०७८, आईतवार १७:०४

हेटौंडा/ बागमती प्रदेश सभाको बैठक भोलि सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

आईतवार (आज) दिउँसो ३ बजे बसेको प्रदेश सभाको बैठक भोलि बिहान सोमबार ११ बजे बस्ने गरी  प्रदशे सभाका सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक स्थगित गरेका हुन् । आजको बैठकमा सभामुख श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयकाट अधिवेशन आह्वान सम्बन्धि पत्रको ब्यहोरा पढेर सुनाएका थिए ।

यस्तै सभामुख श्रेष्ठले प्रदेशको मन्त्रीपरिषद् पुनर्गठन सम्बन्धि पत्रको ब्यहोरा समेत पढेर सुनाएका थिए । प्रदेश सभाको आजको बैठकले कारोनाका कारण निधन भएका प्रदेश सभाका सदस्य पशुपति चौलागाईको प्रति श्रद्दान्जलि अर्पण गर्दे शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सहभागी हुने प्रदेश सभा सदस्यहरु , कर्मचारी ,सुरक्षाकर्मी र संञ्चारकर्मीहरुको एन्टिजेन परिक्षण गरीएको थियो । जम्मा एक सय ६६ जनाको कोरोना परिक्षण गरीएकोमा एक जना संञ्चारकर्मीको भने रिपोर्ट पोजेटिभ देखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*