कोरोना संङक्रमण नियन्त्रण गर्न अधिकतम प्रयास गरीएको छ –प्रजिअ पाण्डे

हेटौंडा टुडे
१७ जेष्ठ २०७८, सोमबार १४:५१

हेटौंडा / मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा कोरोना भाइरस रोग नियन्त्रणका लागि आफुहरुले अधिक्तम प्रयास गरेको दावि गर्नु भएको छ ।

आज सोमबार मकवानपुरका सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कोरोना नियन्त्रणका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी, आम नागरिकसमाज सबैको सहयोगबाट अहिलेको चरण सम्म आइपुगेको वताउनुभयो । उहाँले कोरोना संङक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सबै सरोकारवाला निकाय संग समन्वय भैरहेको बताउनुभयो । कोरोना नियन्त्रण गर्न मकवानपुरमा गत बैशाख १९ गते देखी निषेधाज्ञा जारी गरीएको थियो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा उल्लङघन गर्ने ५ सय २८ जनालाई कार्बाही गरेर जरिवाना समेत गरेको छ । यस्तै निषेधाज्ञाको समयमा ब्यबसाय संञ्चालन गर्ने कालोबजारी गर्ने ६३ जना व्यवसायीलाई कार्बाही समेत गरीएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । यस्तै कालोबजारी गर्ने ब्यबसायीहरुबाट ३ लाख ८० हजार रुपैयाँ जरिवाना समेत लिइएको उहाँले वताउनुभयो ।

हेटौंडाको मुख्यबजार क्षेत्रमा संङक्रमण दर बढि भएका कारण मुख्यबजार प्रवेश गर्ने ४ वटा नाका राप्तिपुल ,चौकिटोल ,क्याम्पाडाँडा र कर्रापुल क्षेत्र भित्र मेडिकल पसल बाहेक कुनै ब्यबसाय संञ्चालन गर्न नदिईएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोर लगाएतकाको आतिथ्यता रहेको थियो ।

 

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*