जिल्ला युवा समितीको नेतृत्वमा कोरोना रोकथाम, नियन्त्रण एवं सूचना तथा सहजीकरण केन्द्र स्थापना

हेटौडा टुडे
१८ जेष्ठ २०७८, मंगलवार २१:५७

हेटौंडा र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् अन्तर्गतको जिल्ला युवा समिति मकवानपुरले कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा अत्यावश्यक सामग्रीको उपलब्धता बारे समन्वय एवं सहजीकरण गर्न जिल्ला स्तरिय कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरेको छ ।

जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहालको संयोजकत्वमा ९ सदस्यीय कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरेको हो । राष्ट्रिय युवा परिषदले कोरोना महामारीविरुद्ध स्वयंसेवकीय भूमिका निर्वाह गर्न परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेलको संयोजकत्वमा केन्द्रिय स्तरको कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरिसकेको छ ।

परिषदकै निर्णय अनुसार जिल्ला स्तरमा पनि केन्द्र स्थापना गरिएको जिल्ला युवा समितिका अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले राज्यले महामारी नियन्त्रणका लागि गरिरहेको प्रयासमा जोखिम मोलेरै महामारीविरुद्ध मैदानमा होमिएको जानकारी दिनुभयो ।
युवा समितिले यस अघि पनि निरन्तर रुपमा कोभिड नियन्त्रणका लागि हेटौंडा अस्पताल, सरोकारवाला निकाय र संक्रमितको लागी आबस्यक समन्वय र सहजीकरण गरिरहेको र केन्द्रको स्थापना पछि यो कार्य अझै प्रभावकारी बन्ने अध्यक्ष दाहालले बताउनुभयो ।

केन्द्रमा नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा, गैसस महासंघ मकवानपुर, नेपाल बचत तथा
ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुन  , रिटर्नी मार्ग्रेन्ट नेपाल, सिबिन तथा युवा क्षेत्रमा काम गर्ने संस्थाको प्रतिनिधित्व रहेको छ ।

कोरोना महामारी सुचना तथा सहजीकरण केन्द्रले गर्ने काम
– कोभिड बिरामीहरुको समस्या पहिचान गरि समाधानमा सहजीकरणको भुमिका निर्वाह गर्ने ।
( स्थानीय सरकार, जिल्ला प्रशासन, हस्पिटल, विभिन्न संघ संस्था, तथा युवा क्लबहरु सङ्ग आबस्यक समन्वय गरि श्रोत समन्वय तथा परिचालनको प्रभाबकारी भुमिका निर्वाह गर्ने ।
– महामारी नियन्त्रणका लागि सुचना सचेतना सामग्री निर्माण र , वितरणको कार्य गर्ने ।
– औषधि तथा दैनिक अत्यावश्यकीय सामग्रीको खरिद तथा वितरणमा कालोबजारी वा भ्रष्टचार भएको पाइएमा सप्रमाण सरकारी नियामक निकायमा जानकारी गराउने ।
– कोभिड र अन्य स्वास्थ्य समस्यामा परेका बालबालिका, अपांगता भएका, ज्येष्ठ नागरिक, सुत्केरी तथा गर्भवतीको समस्याको समाधान गर्नलाइ बिशेष प्राथमिकतामा  सहजीकरण गर्ने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*