पल्पसामा आइसोलेशन सेन्टर संचालनमा

हेटौंडा टुडे
१९ जेष्ठ २०७८, बुधबार १२:५१

हेटौंडा/ मकवानपुरमा कोरोना संक्रमितको संख्या वृद्धि भएकाले आइसोलेसन कक्षको अभाव हुन नदिन मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आईसोलेसन संञ्चालन गनए स्वीकृति दिए पछि बुधबारबाट आइसोलेसन सञ्चालनमा ल्याइएको हो ।बुधबार बागमती प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले पल्पसा आइसोलेशनको उद्घाटन गरेका हुन् । नेता बानियाँले जनतालाई कोरोना सँग कसरी जोगाउने भन्ने बेलामा सरकार पद र सत्ताको लागि लागिपरेर राजनिति बिग्रेको अवस्था रहेको बताए ।

जनता खोप अभाव सँगै भोकले मर्ने अवस्थामा पुगिसकेकोले तीन महिना भित्र खोप लगाइसक्नुपर्ने भन्दै सरकारलाई खबरदारी गरेका छन् । निजी क्षेत्र तथा सामाजिक संघसंस्थाको सहकार्य र एकतामा जुन आइसोलेसन सञ्चालनमा ल्याइएको छ सरकारले जनता प्रति चासो नदिएता पनि यहाँहरुले गर्नुभएको मानवीय सेवा प्रति धन्यवाद दिदैं नेता बानियाँले राज्य निरिह भइ जनता प्रति चासो नदिएको बताए ।

आइसोलेसनमा अक्सिजन सहित पूरुषको लागि २० वटा र महिलाको लागि १० वटा छुट्टाछुट्टै वेडको व्यवस्था गरिएको कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले बताए । डेक्सले एम्बुलेन्स सेवा समेत सञ्चालन गर्दै आइरहेको छ । स्वास्थ्यकर्मीहरुको निरन्तर रेखदेख रहनेगरी आइसोलेशनको लागि झुल, तकिया, टेलिभिजन, इन्टरनेटसहित नुहाउनको लागि चिसोपानी, तातोपानीसम्मको व्यवस्था गरिएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल, हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाई, नारायणी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख सोमेन्द्र सिं राठौर, हेल्प डेस्कका पदाधिकारी, मउवा संघका पदाधिकारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*