
हेटौंडा । बुधबार मकवानपुरगढीमा थप ७ जनामा कोभिड संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वडा नम्बर १ मा गरिएको एन्टिजेन परिक्षणबाट ६ जना र हेटांैडामा गरिएको PCR परिक्षणबाट वडा नम्बर ३ मा एक जनामा गरि जम्मा ७ जनामा संक्रमण देखिएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो । यो सँगै मकवानपुरगढीमा कोरोना भाईरसबाट अहिले सम्म कुल १६४ जनामा संक्रमण पुष्टि भईसकेको लामिछानेले जानकारी दिनुभयो ।
यसैगरी आज मात्र १४ दिन पार गरि १६ जना संक्रमण मुक्त भएका छन भने आज सम्मको संक्रमण मुक्त हुनेको कुल संख्या १०५ जना पुगेको छ । यसै गरि आजको दिनसम्ममा ५६ जना सक्रिय संक्रमित रहेकामा ५५ जना होमआईशन र १ जना हेटौंडा अस्पतालमा उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

सेयर गर्नुहोस्