हेटौंडा। निषेधाको समयमा पनि भीडभाड गरेर पसल सञ्चालन गरेको भन्दै हिरालाल केशरीलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले जरिवाना तिराएको छ। आज बिहान उपभोक्ताहरुलाई भीड गरेर पसल सञ्चालन गरेको भन्दै हेटौंडा स्कुलरोडका व्यवसायी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा २१ को उपदफा १९क बमोजिम कारवाही १० हजार जरिवाना गरिएको मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय नेतृत्वको बजार अनुगमन टोलीलाई अटेर गरेपछि उनलाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेको टोलीले मिनि मार्केट नखोल्नु र किराना पसलमा भिडभाड नगरी व्यवसाय गर्न दिएको निर्देशनलाई वेवास्ता गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
सेयर गर्नुहोस्