मकवानपुरगढी १ मा सामुदायिक कोरोना प्रतिकार्य समुह गठन

हेटौंडा टुडे
२२ जेष्ठ २०७८, शनिबार १६:०४

हेटौडा ।  कोरोना संक्रमितहरुको पहिचान र उनिहरुको उचित ब्यबस्थापन गर्ने उदेश्यका साथ मकवानपुरगढी गाउंपालिका वडा नम्बर १ मा सामुदायिक कोरोना प्रतिकार्य समुह गठन गरिएको छ ।  वडा नम्बर १ का वडा अध्यक्ष आईतसिह लो को संयोजकत्बमा समुह गठन गरिएको हो । समितिमा वडा जनप्रतिनिधिहरु , स्वास्थ्यकर्मि , टोल बिकास सस्थांका अध्यक्षहरु , महिला स्बयम सेविका , नागरिक समाज , राजनैतिक दल , बुदिजिबि र  संन्चारकर्मि सबै रहने गरि ४५ सदस्यीय समिति गठन गरिएको वडा नम्बर १ का वडा अध्यक्ष आईतसिह लो जानकारि दिनु भयो ।

वडा नम्बर १ मा गठन गरिएको यस प्रतिकार्य समुहले आफ्नो छेउ छाउको टोल छरछिमेकमा  र आफ्ना भएका संक्रमितहरुको पहिचान गर्ने काम गर्नेछ । संक्रमितहरुको पहिचान गरे संगै लक्षण देखिएका तर चेक जाच नगर्ने ब्यक्तिहरु लाई कोरोना चेकजाच आफ्नै समुदायमा गर्ने बातावरण सिर्जना गर्ने काम यस समुहले गर्ने छ ।  संक्रमितहरुको पहिचान भए संगै उनिहरुलाई घर जाने भेटघाटग र्ने उचित स्वास्थ्य सल्लाह , खानपानहरु बारे जानकारि दिने , आत्माबल बढाउने खालका हैसलाहरु प्रदान गर्ने र संक्रमितहरुलाई आबश्यक परेको स्वास्थ्य सामाग्रिहरु सम्बन्धित निकायमा पहल गरि ब्यबस्था मिलाउने कार्य गर्ने छ । जसले गर्दा आफ्नो समुदायमा संक्रमणको जोखिमबाट बच्न सकिने समितिका संयोजक एवंम वडा नम्बर १ का वडा अध्यक्ष आईतसिह लो ले हेटौडा टुडेलाई जानकारि दिनु भयो ।

बिश्वब्यापि माहामारिको रुपमा रहेको कोरोना भाईरसको यो प्रकोप समुदाय स्तरमानै ब्यापक रुपमा फैलिएकाले सबै नागरिक समाज मिलेर आ -आफ्ना वडा , समुदायमा संक्रमण फैलन नदिन यस्ता समुहहरु निमार्ण गरि काम गर्नु पर्ने आपटार सामुदायिक स्वास्थ्य ईकाई प्रमुख मिलन लामाले जानकारि दिनु भयो ।

यो संगै मकवानपुरगढी गाउंपालिका वडा नम्बर ३ मा पनि मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुह गठन भई बिभिन्न कार्यहरु सन्चालन गरिरहेको छ । वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरेको संयोजकत्बमा गठित यस प्रतिकार्य समुह आसपासमा वडा र गाउपालिका भर बिभिन्न कार्यहरु गर्दे आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*