
हेटौंडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले ४९ औं विश्व वातावरण दिवसको अवसरमा छात्रवृति रकम वितरण गरेको छ । समूहको चालु आव ०७७र०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार छात्रवृति रकम वितरण गरिएको हो । समूहले बंशगोपाल मावि चौघडामा कक्षा १२ मा अध्ययनत अन्जु राई, कक्षा १२ मा अध्ययनरत दीपा गौतम, भानु मावि मक्रान्चुलीमा कक्षा ११ मा अध्ययनरत अक्षय घलान र कक्षा १२ मा अध्ययनरत मोनिका सञ्जेललाई जनही ५ हजारका दरले छात्रवृति रकम वितरण गरेको हो ।
समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको सभाध्यक्षता एवम हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, समूहका उपाध्यक्ष केशव धिताल, कार्यालय सचिव भीमसेन पौडेल लगायतले उपस्थिति रहेको थियो ।

