सनिबार मकवानपुरगढीमा २ संक्रमित थप, मक्रान्चुलीको आइसोलेसनमा सेन्टरमा ४ जना भर्ना

हेटौंडा टुडे
२२ जेष्ठ २०७८, शनिबार २२:४३

हेटौडा ।  सनिबार मकवानपुरगढी गांउपालिकामा थप २ जनामा कोभिड संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वडा नम्बर २ का २ जना पुरुषलाई संक्रमण देखिएका हो । हेटौंडा अस्पतालमा गरिएको PCR परिक्षणबाट आज २ जनामा संक्रमण देखिएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो । यो सँगै मकवानपुरगढीमा कोरोना भाईरसबाट अहिले सम्म कुल १८२ जनामा संक्रमण देखा परिसकेको छ ।

यसैगरी आज मात्र १४ दिन पार गरि ६ जना संक्रमण मुक्त भएका छन । सनिबार सम्मको संक्रमण मुक्त हुनेको कुल संख्या ११९ जना पुगेको छ । यसै गरि सक्रिय संक्रमित रहेकामा मध्ये ५९ जना होमआईशन रहेका छन । मकवानपुरगढी वडा नम्बर ३ मक्रन्चुलीमा रहेको आइसोलेसन सेन्टर आज ४ भर्ना भएको उनिहरुको अबस्था सामान्य नै रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*