बागमती पुलको स्ल्याव ढलान सकियो, पुलमा एक सातामा पैदल हिड्न मिल्ने

हेटौंडा टुडे
२३ जेष्ठ २०७८, आईतवार २१:२५

बागमती पुलको स्लाप ढलानको काम सकियो छ । कोरोनाको कारण सबै क्षेत्र ठप्प भईरहेको अबस्थामा भने मकवानपुरको बागमती गाउँपालिका र सिन्धुली जोडने बागमती नदीमा निर्माण भइरहेको छ । हेटौंडा – धरान चतरा सडक खण्ड अन्तरगत बागमती नदीमा निर्माण भइरहेको पुलको ११ वटै स्पानको ढलान कार्य आइतबार सम्पन्न भएको हो।  मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ जोड्ने पुलको आईतबार स्लाब ढलानको काम सकिएको हो ।

निर्माणस्थलमा हेटौंडा–धरान चतरा सडक आयोजनाका विरेन्द्र महतो सहितको ७ जनाको प्राविधिक टोली निषेधाज्ञाको समयमा पनि कामको निगरानी गरिरहेका छन् । कामलाई निरन्तर अघि बढाउन निगरानी भईरहेको र तोकेकै अवधीमा काम सक्ने गरी काम गरेपनि लकडाउनका कारण केही असर गरेको र आफुहरु नै निर्माण स्थलमा निरन्तर रहेर काम गराईरहेको उनले बताए । पुल निमार्ण भएपछि धरान चतरा सडक खण्डका सवारी निर्वाध संचालन हुने छन् भने ट्युवबाट यात्रा गर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ । २३ करोड लागत रहेको पुलको लम्बाई ४ सय १३ मिटर र ७.७० मिटर चौडाई रहेको छ ।

दैनिक १२ घण्टासम्म ५५ जना कामदार र १० जना अन्य कर्मचारी खटिएको स्वच्छन्द निर्माण सेवाका साईट इन्चार्ज सन्तोष सापकोटाले बताए । समयमै काम सक्ने गरी काम भईरहेपनि लकडाउनका कारण चैत १२ गतेदेखि काम प्रभावित भएर बैशाख ३ गतेदेखी पुन काम शुरु गरेको उनको भनाई छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले काम गर्न स्विकृति दिएपछि काम थालेपनि निर्माण सामग्री जुटाउन समस्या भईरहेको सापकोटाले जानकारी दिए । २०७६ सालमा पुलको काम गरिरहेको समयमा अविरल बर्षा संगै आएको बाढिले पुलको ढलान, फर्मा,मेसिन लगायतका सामग्री वगाउँदा ४ करोड रुपैंयाको क्षति भएको जनाईएको छ ।

स्वच्छन्द निर्माण सेवाले ५ बर्षमा निर्माण सक्ने गरी २०६८ सालमा ठेक्का लिएको पुल भुकम्प र नाकाबन्दीका कारण प्रभावित भएको थियो । म्याद सकिएपछि पछिल्लो पटक ५ पटक २०७८ साल असार सम्म म्याद थपिएको पुल निर्माणको ८९ प्रतिशत काम सम्पन्न भएको आयोजनाका सव इन्जिनियर चेतन कुमार मण्डलले बताए ।अन्य कुनै समस्या नभए तोकेकै समयमा काम सम्पन्न हुने स्वच्छन्दका इन्जिनियर अन्जन विडारीको भनाई छ । पुलमा एक सातामा पैदल हिड्न मिल्ने र एक महिनामा २ पांग्रे सवारी संचालन हुन सक्ने जनाइएको छ । अब सामान्य प्राविधिक काम बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*