हेटौंडा / बागमती प्रदेश सभाको बैठक बिहिबारका लागी बोलाईएको छ ।
बिहीबार दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम बिहीबार सार्वजनिक गर्ने भएको छ ।
आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा कोभिड–१९ नियन्त्रणलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयले बताएको छ । यसअघि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेर छलफल भएको थियो ।
सेयर गर्नुहोस्





















