राहत वितरण गर्न अनुमति लिएर मात्र वितरण गर्न जिल्ला प्रशासनको अनुरोध

टुडे संवादाता
२८ जेष्ठ २०७८, शुक्रबार १९:५१

हेटौंडा । निषेधाज्ञाको समयमा गरिब तथा बिपन्न परिवारलाई राहत वितरण गर्न प्रशासन सँग अनुमति लिएर मात्र वितरण गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुर आग्रह गरेको छ । प्रशासनले आफू खुसी राहत बितरण नगर्न सुचना जारी गर्दै कोरोना संक्रमित तथा प्रभावित परिवारलाई राहत वितरण गर्दा सम्बन्धित निकायबाट अनुमति लिई राहत सामग्री वितरण गर्न आग्रह गरेको हो ।

जिल्लामा पछिल्लो समय राहत सामग्री आफु खशी ढंगबाट वितरण भएको जन गुनासो बढेकोले राहत बितरण गर्न इच्छुक व्यक्ति वा संस्थाले स्थानियतह तथा कोभिड व्यवस्थापन समिति, मकवानपुरबाट अनुमति लिएर मात्रै राहत सामग्री वितरण गर्न गराउन सुचनामा भनिएको छ । अनुगमनको क्रममा अनुमति बेगर राहत सामग्री वितरण गरिएको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही समेत गरिने सुचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*