
हेटौंडा / बागमती प्रदेश सभाका सदस्य नरोत्तम बैद्यले आफुले हिजो प्रदेश सभाको बैठकमा दिएको अभिब्यक्तिको आत्मालोचना गर्दे सो अभिब्यक्ति फिर्ता लिएका छन् ।
आज शनिबार प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्य बैद्यले आफुले हिजो प्रदेश सरकारले प्रस्तुत गरेको निति कार्यक्रममा आफ्नो धारण राख्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर दिएको अभिब्यक्तिको आत्मालोचना गर्दे फिर्ता लिएको भन्दै आफ्नो अभिब्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरे ।
उनले भने ‘अहिले प्रधानमन्त्री ओलीले आफ्नो सत्ता टिकाउनका लागी जुनसुकै सम्झौता गर्न तयार भएको देखेर म असाध्यै आभेषमा आएर आवश्यकता भन्दा बढी स्वतन्त्रताको प्रयोग गर्दे मेलै बोलेका शब्दहरु फिर्ता लिएको छु ।’
हिजो शुक्रबार नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सांसद नरोत्तम वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर उनले ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको बताएका थिए । उनको अभिव्यक्तिको चौतर्फि आलोचना भएपछि उनले सो अभिब्यक्ति फिर्ता लिएका हुन् ।

