मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानुमा स्वास्थ्यका तीन संकायको अध्यापन सुरु हुदै

हेटौंडा टुडे
१ असार २०७८, मंगलवार १७:१२

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा चिकित्सा क्षेत्रका ३ वटा संकायको अध्यापन सुरु गरिने भएको छ । चिकित्सा शिक्षा आयोगले तीन संकायको स्त्नातकतह अध्यापन गराउनको लागि प्रतिष्ठानलाई अनुमति दिएहो हो ।

चिकित्सा शिक्षा आयोगको गत जेठ १९ र ३१ गतेको कार्यसमितिको निर्णय अनुसार शैक्षिक सत्र २०७७ र ७८ का लागि सिट संख्या निर्धारण गरेको हो । कोरोना भाइरसको माहामारीका कारण शैक्षिक सत्र पछाडी धकेलिएकाले ७७ र ७८ को अध्यापन अब सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगका सुचना अधिकारी सेमन्त राज कोईरालाले जानकारी दिए ।

आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यका लागि २० जना , फार्मेसी ३० जना र मेडिकल ल्याब टेक्नोलोजिष्ट ३० जना गरी ८० जनाको सिट संख्या निर्घारण गरेको छ । स्थापनाको पहिलो वर्षमै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३ वटा विषयमा अध्यापनको लागि अनुमति पाउनु छ । आउदो भदौसम्ममा हेटौंडामै यी ३ बिषयको पढाई सुरु हुने प्रसाईले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*