
हेटौंडा । नेकपा एमाले र एकिकृत माओवादीविचको एकतापछि बनेको तत्कालिन नेकपाको हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कमिटि सदस्य नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नेकपा माओवादीको हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कमिटि सदस्य रहेका सुभाष बर्तौला पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । बुधबार नेपाली कांग्रेस मकवानपुर जिल्ला पार्टी कार्यलयमा नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले बर्तौलाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेशपछि बर्तौलाले नेपालमा नेपाली कांग्रेसको विकल्प नरहेको बताए । उनले नेपालका कम्युनिष्टहरु नामकामात्रै रहेको उल्लेख गर्दै देश र जनताको लागी नेपाली कांग्रेसले मात्रै केही गर्नसक्ने दावी गरे ।
उक्त अवसरमा नेपाली कांग्रेस हेटौंडा उपमहानगरापलिका समितिका कोषाध्यक्ष कविन साङगामी, वडा नम्बर ११ समितिका सभापति विष्णु खनाल, नेपाली कांग्रेस कोभिड– १९ अनुगमन जिल्ल समतिका संयोजक उत्सब ईटेनि, क्षेत्रिय सदस्य दिपक उप्रेति लगाएतको उपस्थिति रहेको थियो ।

