रुपान्तरण नेपालका लागि प्रयास द्धारा स्वास्थ्य सामाग्री सहयोग

हेटौंडा टुडे
२ असार २०७८, बुधबार २०:४९

हेटौंडा । रुपान्तरण नेपालका लागि प्रयास नामक सामाजि संस्थाले बागमती गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रममा बिच संस्थाले गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । पछिल्लो समय कोभिड १९ बाट सहरी क्षेत्रभन्दा ग्रामिण क्षेत्र बढी प्रभावित देखिएकाले उच्च सावधानी अपनाउन स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संस्थाकी कार्यकारी निर्देशक बिमला श्रेष्ठले बताउनुभयो ।

प्रयास संस्थाद्धारा माक्स ३४ पाकेट, सेनिटाईजर २५ लिटर, स्कभिट १० पाकेट, सनभिट १० पाकेट, जिंक १० पाकेट र आरसेटिन १० पाकेट प्राप्त भएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिनेश गुप्ताले जानकारी दिनुभयो । उक्त सामाग्रीहरु १,२ र ३ नम्बर वडामा वितरण गरिनेछ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सर्केश घलानले यस महामारीको समयमा मानब स्वास्थ्य हितका लागि सहयोग गरेकोमा प्रयास संस्थालाई धन्यबाद ब्यक्त गर्नुभयो । उहाँले कोरोनाबाट गाउँपालिका पनि प्रभाबित बनेको बताउँदै यस्ता स्वास्थ्य सामाग्रीले जनतालाई केहि राहत मिल्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*