
हेटौंडा। सर्वोच्च अदालतले ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
छुट्टा छुट्टै सात वटा रिट माथि सुनुवाइ गर्दै संवैधानिक इजलासले मुद्धाको अन्तिम किनारा नलागेसम्म ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।इजलासले यस्तो निर्णय गर्नुको कारण लिखित रुपमा पेश गर्न समेत आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधानिक इजलासमा आज यो मुद्दाको सुनुवाइ भएको हो । सरकारले आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा ढुंगा, गिट्टी, बालुवा विदेश निकासी गरेर व्यापार घाटा कम गर्ने उल्लेख गरेको थियो ।


सेयर गर्नुहोस्