
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा महानगरपालिकाका दुई वडामा ६ सय ८० घरपरिवारलाई खाद्य सामाग्री वितरण गर्नुभएको छ ।
नेता बानियाँको विषेश पहलमा कोरोना माहामारीका कारण भोकमरीमा परेका हेटौंडा उपमहानरपालिका १४ र १५ नम्बर वडाका ६ सय ८० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
हेटौंडा १४ का ड्राईभरडाँडा, नयाँबस्ती, बँदेल धाप, मुयुरधाप, कालो पानी, उत्तर पानीका ६ सय ५० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । त्यस्तै हेटौंडा १५ को बगेरीमा ३० घरपरिवार गरिब तथा विपन्न परिवारलाई खाद्य सामाग्री सहयोग गरिएको हो ।
नेता बानियाँको विशेष सहयोगमा नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेले प्रतिपरिवार २५ किलो चामल, नुन, तेल, दाल, मस्यौरालगायतका खाद्य सामाग्री सहयोग गर्नुभएको हो ।
कार्यक्रममा कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, कांग्रेस कोभिड १९ मकवानपुरका संयोजक उत्सव इटेनी, हेटौंडा १४ का वडा सभापति बलराम बल, नेपाल महिला संघ हेटौंडा १५ की अध्यक्ष मिना लामा, तरुण दल हेटौंडा १४ का वडा अध्यक्ष मनोज थिङ, समाजसेवी गोकुल लामा, गणेश ब्लोन, अजिता मोक्तान, बबिता मोक्तानलगायतको उपस्थिति रहेको थियो ।

