सोमबार मकवानपुरगढीमा कोरोना संक्रमित र संक्रमण मुक्तदर बराबर

हेटौंडा टुडे
७ असार २०७८, सोमबार १९:५४

हेटौंडा । मकवानपुरगढीमा आज सोमबार एकै दिन १४ दिन पुरागरी ४ जना संक्रमण मुक्त भएका छन् भने आजै ४ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा वडा नम्बर ५ का १ महिला र १ पुरुष गरि २ जनामा र वडा नम्बर ६ का १ महिला र १ पुरुष गरि आज जम्मा ४ जनामा संक्रमण देखिएको हो । यो सँगै मकवानपुरगढीमा आज सम्म कुल २२८ जनामा संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारि दिनुभयो ।

सोमबार सम्मको कोरोना बाट संक्रमण मुक्त हुनेको कुल संख्या २०३ पुगेको छ । यसै गरि सक्रिय संक्रमित रहेका मध्ये १८ जना होमआईशन रहेका भने सक्रिय संक्रमित २५ जना रहेका छन । मक्रन्चुलीमा रहेको कोरोना अस्थाई अस्पतालमा आज ५ जना भर्ना गरिएको छ । १ जना गर्भबति महिला भरतपुर अस्पतालमा सुस्तकेरि भएको लामिछानेले जानकारि दिनुभयो ।

यसै गरी अहिले सम्ममा कोरोना कै कारण मकवानपुरगढीका ५ जनाको ज्यान गएको छ । वडा नम्बर ५ का १ जना महिला र १ जना पुरुष गरि २ जनाको ज्यान गएको छ । यसैगरी वडा नम्बर ८ का १ जना पुरुष , वडा नम्बर ३ कि १ जना महिला र वडा नम्बर २ का १ जना पुरुषको कोरोना कै कारण ज्यान गएको छ । उनीहरु मध्ये हेटौंडा अस्पतालमा ३ जना र भरतपुरको ऋःऋ अस्पतालमा २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*