मकवानपुरगढी र कैलाश गाउँपालिकालाई एक्सपर्टको अक्सिजन कन्सट्रेटर सहयोग

हेटौंडा टुडे
७ असार २०७८, सोमबार २२:०२

हेटौंडा ।  मकवानपुरका दुई गाउपालिकालाई एक्सपर्टले अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस हेटौंडाले मकवानपुरका दुई पालिकालाई अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँलाई आज एक कार्यक्रमका बीच एक एक थान १० लिटर क्षमताको सो अक्सिजन कन्सट्रेटर हस्तान्तरण गरेका हुन् ।

अक्सिजन कन्सट्रेटर ग्रहण गर्दै कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तानले माहामारीसंग लड्न र अन्य समयमा पनि बिरामीलाई सहज उपचार पाउनका लागि अक्सिजन कन्सट्रेटरले महत्वपूर्ण सहयोग गर्ने बताए । यस्तै अक्सिजन कन्सट्रेटर ग्रहण गर्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले अक्सिजन कन्सट्रेटरको पूर्ण रुपमा सदुपयोग गरिने बताउनु भयो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*