
हेटौंडा । कोरोना भाइरस संक्रमणका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्वर ४ का ८८ वर्षीय एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो सँगै मकवानपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या कुल १२४ पुगेको छ ।
मृत्यु हुनेमा अहिले सम्म हेटौँडा उपमहानगरपालिकाका ९० जना, मकवानपुरगढी गाउँपालिकाका ५ जना, बागमती गाउँपालिकाका २ जना, मनहरी गाउँपालिकाका ९ जना, भीमफेदी गाउँपालिकाका ५ जना, बकैया गाउँपालिकाका ४ जना , थाहानगरपालिकाका ८ जना र राक्सिराङ गाउँपालिकाका १ जना रहेका छन् ।


सेयर गर्नुहोस्