आइतबारदेखि मकवानपुरका सबै सरकारी कार्यालयको सेवा सुचारु हुने

हेटौंडा टुडे
११ असार २०७८, शुक्रबार २०:५९

हेटौंडा ।  आइतबारदेखि मकवानपुरका सबै सरकारी कार्यालयको सेवा सुचारु हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बिहीबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र संयोजक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।  एक हजारभन्दा धेरै कोभिड–१९ का सक्रिय सङ्क्रमित रहिरहेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरूलाई परिपत्र दिइएको पाण्डेले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले समेत बारअनुसार सेवा प्रवाह गर्न सुरु गरेको सन्दर्भमा सबै कार्यालयलाई त्यहीअनुसार सतर्कता अपनाउने गरी कार्ययोजना बनाउन भनिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*