करेन्ट लागेर हेटौंडामा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७८ असार १२, शनिबार १६:३० गते

हेटौंडा । हेटौंडामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । हेटौंडा १३ चुच्चेपानीका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ। शनिबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ चुच्चेपानी स्थित आफ्नै घरमा रहेको बिजुलिको बक्स खोल्ने क्रममा करेन्ट लाग्दा ४२ बर्षिय राजकुमार मोक्तान गम्भीर घाइते भएका थिए । मोक्तानको हेटौंडा ११ मा रहेको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*