हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा बुधबार विहान चालकको घटना स्थलमानै मृत्यु भएको छ । मुल सडकबाट करिब ५० फिट तल खस्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।
पुर्व पश्चिम सडक खण्डमा आज विहान बोलेरो गाडी सडकबाट खोल्सामा खसेको हो । चालकको मृत्यु भएको र अर्का एक जना घाइतेको उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । बिरगंजबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ३–०१–००२४ च १४३० नम्बरको कुखुरा बोकेको बलेरो गाडी सडकबाट खोल्सामा खस्दा चालकको मृत्यु भएको हो । अन्दाजी २५/३० बर्षका मृतक चालकको पहिचान खुल्न नसकेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।






















