बागमती प्रदेशसभा बैठक बिहीबार बस्दै

हेटौंडा टुडे
१६ असार २०७८, बुधबार ११:४९

हेटौंडा/बागमती प्रदेशसभा बैठक जेठ १७ बिहीबार बस्ने भएको छ।असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेर स्थगित भएको प्रदेशसभा बैठक १७ गते बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको हो। प्रदेशसभाका उपसचिव विनोद अमात्यले बुधबार बस्ने कार्यव्यवस्था परामर्श समितिले बैठकको कार्यसूची तय गर्ने जानकारी दिए।

संसदमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट प्रस्तुत गरेको हुँदा बजेटमाथि छलफल हुने उनको भनाइ छ। बजेट सार्वजनिक गरेको दुई सातासम्म पनि संसद बैठक बोलाउन नसकेको भन्दै प्रतिपक्षी दलहरुले सरकारको आलोचना गरिरहेका थिए।

अमात्यले संसदमा प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश उच्च शिक्षा विधेयक, आर्थिक विधेयक र विनियोजन विधेयक प्रदेशसभामा दर्ता भएको पनि जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*